भैरहवा, साउन ०६ । लुम्बिनी ट्र्रक यातायात ब्यावसायी संघ सिद्धार्थनगरको १६ औ स्थापना दिवसका अवसरमा भैरहवामारक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्ने क्रममा रक्तदान कार्यक्रम गरेको स.स्थाका अध्यक्ष रुमाखर गौतमले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रक्त संचार केन्द्र भैरहवाको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कर्मचारी , ब्यावसायी लगायत २६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक संघका निर्वतमान अध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु खरेलले बताउनु भयो ।

कार्यक्रम नेपाल यातायात ब्यावसयी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलको प्रमुख आथित्यता संघका अध्यक्ष रुमाखर गौतमको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रममा , प्रदेश संयोेज यम प्रसाद पाण्डे , पश्चिमाअंचल यातायात समितीका उपाध्यक्ष गोबिन्द बिसी भुत पुर्व सैनीक संगठनका अध्यक्ष रेशम केसी लगायतले बोस्दै संघ स्थापना गर्दाको अवस्था देखी बर्तमान समय सम्म आईपुग्दा संस्थाले झेल्नु परेका समस्याहरुको बारेमा आ आप्नौ धारण राखेका थिए ।
सो अवसरमा सवारी दुर्घटना बाट मृत्यु भएका सहचालक अमेरीका यादवका बुवा अन्जमा यादवलाई संस्थाले राहत स्वरुप थप पांच लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको थियो । कार्यक्रम संचालन संघका महासचिव बालकिसन बानीयाले गरेका थिए ।