Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अत्याधिक गर्मी भएपछि भैरहवामा विद्यालय बन्द


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०८२ शुक्रवार
  • 192
    SHARES

अत्याधिक गर्मी भएपछि भैरहवामा विद्यालय बन्द

भैरहवा, साउन ०९ । अत्यधिक गर्मीका कारण सिद्धार्थनगर नगरपालिकाले क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार २०७८ को शिक्षा ऐन, शिक्षा नियमावली २०५९ तथा विद्यालय व्यवस्थापन नियमावलीको प्रावधान अनुसार विद्यालयहरूलाई २०७९ साल असार ११ गतेदेखि १३ गतेसम्म (३ दिन) गर्मी बिदा दिइनेछ।

सूचनामा यो बिदाले कक्षा १०, ११, १२ लगायतका राष्ट्रिय तथा अन्य परीक्षा प्रभावित नहुने उल्लेख गरिएको छ।

नगर प्रमुख कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा विद्यालय प्रशासन तथा अभिभावकहरूलाई जानकारीका लागि अनुरोध गरिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार