Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

१७औं सिके क्लासिक तेक्वान्डोमा रफिक धुनियाको अन्तर्राष्ट्रिय सफलता, रुपन्देहीमा सम्मान समारोह सम्पन्न


  • प्रेरणा नेपाली
  • श्रावण १२, २०८२ आइतवार
  • 1.0K
    SHARES

१७औं सिके क्लासिक तेक्वान्डोमा रफिक धुनियाको अन्तर्राष्ट्रिय सफलता, रुपन्देहीमा सम्मान समारोह सम्पन्न

भैरहवा, साउन ११ । अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएका तेक्वान्डो खेलाडी मोहम्मद रफिक धुनियाको सम्मानमा भैरहवामा कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही नागरिक समाज तथा दरखसवा युवा क्लबको संयुक्त आयोजनामा १७औं सिके क्लासिक अन्तर्राष्ट्रिय ओपन तेक्वान्डो प्रतियोगितामा नेपालका लागि उत्कृष्ट सफलता हासिल गरेका खेलाडी रफिकलाई सम्मान तथा बधाई ज्ञयापन गरिएको हो ।

समारोहमा नेपाली खेल क्षेत्रको उज्वल भविष्यका प्रतीक रफिक धुनियाको अतुलनीय सफलता र योगदानप्रति सम्मान र बधाई प्रकट गरिएको थियो। धुनियाले हालै सम्पन्न प्रतियोगितामा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै गौरवमय उपलब्धि हासिल गरेका थिए।WhatsApp Image 2025-07-27 at 11.56.59 AM (1).jpegWhatsApp Image 2025-07-27 at 11.56.58 AM.jpeg

कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले खेल प्रतिको मोह यसैगरी सबैमा हुनु आवश्यक रहेको बताउदै युवा पुस्ताले रफिक धुनियाबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो । “देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने खेलाडीहरू हाम्रो गौरव हुन्। रफिक धुनियाले नेपाललाई गौरवान्वित बनाउनु भएकोमा हामी सबै धन्य छौं।” उहाँले भन्नु भयो ।

विशिष्ठ अतिथिका रूपमा जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्री, सशस्त्र प्रहरी डिएसपी रञ्जन बुढाथोकी, सिद्धार्थनगर नगरपालिका–३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय, भैरहवा तेक्वान्डो क्लबका प्रमुख प्रकाश राज भण्डारी, समाजसेवी थानेश्वर पौड्याल, मनोरञ्जन प्रजापति र अमर गुप्ता सहभागी थिए।WhatsApp Image 2025-07-27 at 11.56.59 AM.jpegWhatsApp Image 2025-07-27 at 11.56.59 AM (2).jpeg

रुपन्देही नागरिक समाजका अध्यक्ष अमित कुमार गुप्ता र दरखसवा युवा क्लबका अध्यक्ष मनिष गुप्ताले कार्यक्रमको संयुक्त अध्यक्षता गरेका थिए ।
अध्यक्ष अमित कुमार गुप्ताले भन्नुभयो, “हाम्रो ठाउँका खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा सफलता पाउनु केवल व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण समाजको गर्व हो।”

समारोहमा रफिक धुनियालाई प्रमुख अतिथि तथा आयोजक अध्यक्षहरूले माला, दोसल्ला, प्रमाणपत्र सहित सम्मान गरेका थिए। सम्मान गर्दै वक्ताहरूले धुनियाको जुझारुपन, परिश्रम र देशप्रतिका समर्पणको उच्च प्रशंसा गरेका थिए ।

आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन विशेष सहयोग पु¥याउने अर्जुन मल्लहा, प्रदीप गुप्ता, रुद्रदेवी कला केन्द्र, गोरख यादव, हकिम खान, न्यु बुद्ध इन्स्टिच्युटलगायत सबैलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा आयोजकले रफिक धुनियाको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर सफलताको शुभेच्छा व्यक्त गरे ।WhatsApp Image 2025-07-27 at 11.56.58 AM (1).jpeg


प्रेरणा नेपाली

थप समाचार