Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सडक दुर्घटनामा वृद्धि, ट्राफिक प्रहरीको प्रविधिमैत्री निगरानी


  • लुम्बिनी चिन्तन
  • श्रावण १२, २०८२ आइतवार
  • 386
    SHARES

रुपन्देही सडक दुर्घटनामा वृद्धि, ट्राफिक प्रहरीको प्रविधिमैत्री निगरानी

भैरहवा, साउन ११ । रुपन्देहीमा आर्थिक वर्ष २०८१–०८२ मा ८०२ सवारी दुर्घटनामा १२१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९८ पुरुष र २३ महिला रहेका थिए। ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १,१६२ सवारीसाधन संलग्न रहेका थिए । जहाँ सबैभन्दा बढी ७९५ मोटरसाइकल थिए।
तथ्यांकअनुसार ७ सय ९५ वटा मोटरसाइकल, जिप, कार, भ्यान १ सय २०, साइकल ६७, बस ३८, ट्रक ट्यांकर ४५, टिप्पर २८, ट्याक्टर २३, टेम्पो ३६ र माइक्रोको संख्या ७ वटा दुर्घटना भएका छन् ।
आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी प्रमुख निरीक्षक रन्जु केसीले व्यवस्थित सडक र सुविधासम्पन्न राजमार्गमा चालकले लापरबाही गर्दा दुर्घटना बढेको बताउनु भयो । तीव्र गति प्रमुख कारण भएको उल्लेख गर्दै, बुटवल–भैरहवा सडकखण्डको सखुवानी क्षेत्रमा एएनपीआर क्यामेरासहितको राडरगनबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिइन्।


२ सय ५८ वटा सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाइएको छ । सवारी साधनको स्वरुप परिवर्तन गरि चलाएका ११ वटा सवारी साधनसहित चालकलाई कारवाही गरेको छ ।

पछिल्लो वर्ष ५०,४४१ सवारीसाधनलाई कारबाही गरिँदा ६ करोड ८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। तीव्र गतिका मात्र ६,११४ सवारी चालकबाट ३१ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलिएको छ। 


‘अपराध नियन्त्रण अनुसन्धान तथा सवारी दुर्घटना न्यूनीकरणमा प्रयोग भइरहेका परम्परागत तौरतरिकाहरुलाई सुधार गर्दै क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको छ’, केसीले भनिन्, ‘ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन डिजिटल भुक्तानी मार्फत ट्राफिक जरिवाना गरि सहज र छिटोछरितो गरिएको छ ।’

दुर्घटना न्यूनीकरणका लागि २,२१० सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको केसीले बताइन्।

 


लुम्बिनी चिन्तन

थप समाचार