Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

झुला महोत्सवः श्रावणको झुलामा भक्तिभाव, संस्कार र अध्यात्मको संयोग


  • प्रेरणा नेपाली
  • श्रावण १२, २०८२ आइतवार
  • 502
    SHARES

झुला महोत्सवः श्रावणको झुलामा भक्तिभाव, संस्कार र अध्यात्मको संयोग

भैरहवा, साउन ११ – तीन दिनसम्म भव्य रूपमा सञ्चालन गरिएको श्री झुला महोत्सव आइतबार सम्पन्न भएको छ। श्री नारायणस्थान मन्दिर परिसरमा साउन ९ गतेदेखि ११ गतेसम्म आयोजित महोत्सवमा हजारौं भक्तजनले श्रद्धा र भक्तिभावका साथ सहभागीता जनाएका थिए।
श्रीकृष्ण र नारायणको संयुक्त आराधना स्थलका रूपमा परिचित नारायणस्थान मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा आयोजित हुने श्रावणी झुला उत्सव यो वर्ष झनै विशेष रूपमा मनाइएको हो।
कार्यक्रममा कथा वाचक आचार्य ओमप्रकाश सुवेदीको मार्गदर्शनमा धार्मिक प्रवचन, भजन संध्या र भण्डारा समेत आयोजना गरिएको थियो। कार्यक्रमको संयोजनमा मन्दिरका अध्यक्ष विष्णुप्रसाद पौडेल उपाध्यायले सक्रिय भूमिका निर्वाह गर्नुभयो।

नारायणस्थान समितिका सदस्य मिना श्रेष्ठका अनुसार, “यो झुला हाम्रो राधा–कृष्णको प्रतीक हो, प्रकृतिसँग रमाउने यो अवसरले भक्तजनलाई आध्यात्मिक अनुभूति दिलाएको छ।”
WhatsApp Image 2025-07-27 at 7.20.29 PM.jpeg
यस वर्षको महोत्सव विशेष रुपमा स्मरणीय बनेको छ। “आज महोत्सवको अन्तिम दिन हो भन्ने महसुस गर्दा निकै गाह्रो लागिरहेको छ। गुरुको कथा सुनेर हामीलाई वृन्दावनमै पु¥याइदिएको अनुभूति भएको छ।” वरिष्ठ उपाध्यक्ष माधवी शर्माकाले भन्नु भयो ।

आयोजक समितिका अनुसार, झुला महोत्सवले धार्मिक परम्परा, समाजमा एकता र भक्तिभावको प्रवाह गराउँदै आएको छ।

नारायणस्थान मन्दिर व्यवस्थापन समितिले आगामी वर्षहरूमा झनै भव्यताका साथ झुला महोत्सव सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 
आयोजकका अनुसार यो महोत्सव सफल पार्न सचिव जितेन्द्रनाथ शर्मा, कोषाध्यक्ष बाल कृष्ण अधिकारी लगायत सम्पूर्ण समितिको सहयोगमा सफल भएको हो । WhatsApp Image 2025-07-27 at 7.20.29 PM (1).jpeg


प्रेरणा नेपाली

थप समाचार