Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी नेत्रविज्ञान संस्थानको वार्षिक समीक्षा सम्पन्न, मर्चवारी केन्द्र सम्मानित


  • लुम्बिनी चिन्तन
  • श्रावण १५, २०८२ बुधवार
  • 442
    SHARES

लुम्बिनी नेत्रविज्ञान संस्थानको वार्षिक समीक्षा सम्पन्न, मर्चवारी केन्द्र सम्मानित

भैरहवा, साउन १४ । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्रहरुको बार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टको सभाहलमा आज सम्पन्न भएको छ ।

कार्यक्रम लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा. डा. सुशिला पटेलज्यूको सभापतित्व र अस्यताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्य, नेपाल नेत्रज्योति संघ रुपन्देही शाखाका पदाधिकारी ज्यूहरु, उपस्थिति रहेको उक्त कार्यक्रममा अस्पताल अन्तर्गत संचालित ८ वटा आँखा उपचार केन्द्रका ईन्चार्जहरुले आ.व.२०८१/०८२ को १ बर्षमा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको को बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरु बारे जानकारी गराएका थिए।WhatsApp Image 2025-07-30 at 3.24.48 PM.jpeg

कार्यक्रका प्रमुख अतिथि सागर प्रताप राणाले आअा उपचार केन्द्रहरुले समुदायमा आखा उचार सम्बन्धि जनचेतना,अन्तरक्रिया लगायत गुणस्तरिय उपचारमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो ।

प्रा डा.कबिन्द्र बज्राचर्यले उपस्थित सम्पुर्ण अतिथि तथा सहभागिहरु लाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीको संचालनमा भएको थियो । WhatsApp Image 2025-07-30 at 3.24.47 PM.jpeg
उक्त कार्यक्रममा बर्षभरी उत्कृष्ठ कार्यगर्ने मर्चवारी आँखा उपचार केन्द्रलाई चिफ मेडिकल डाईरेक्टर प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार