Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेवाखलकाे नयाँ वर्षमा शुभकामना आदानप्रदान


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०७८ बिहिवार
  • 1.7K
    SHARES

नेवाखलकाे नयाँ वर्षमा शुभकामना आदानप्रदान

भैरहवा । नेवाखल सिद्धार्थनगरले नयां वर्ष को उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नेवाखलका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खलका सल्लाहकार धर्मराज श्रेष्ठले नेवार संस्कृति र भाषा कलाले धनी भएकाले जोगाउनु पर्ने बताए । नेपाल बहुल जातीय राष्ट्र भएपनि नेवार समुदाय उल्लेख्य रुपमा भए पनि पछिल्लाेे समय संस्कृति, कला, भाषा र रितीरिवाज जुन रुपमा बढ्नु पर्ने हाे त्यसरी बढ्न सकेकाे छैन । FB_IMG_1618440021974.jpg

कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद द्धवा,आदिवासी जनजाती महासंघ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर राना,थकाली सेवा समिति सिद्धार्थनगरका अध्यक्ष शंकरमान भट्चन,भैरहवा मर्निगंवाक ग्रुप विएमजी का उपाध्यक्ष बाबुराम केसी,निवर्तमान अध्यक्ष राम बहादुर श्रेष्ठ,सन्चारकर्मी चेतन पन्त,वरिष्ठ आख्यानकार वनमाली निराकार,सल्लाहकार मिना श्रेष्ठ,उपाध्यक्ष विन्देश्वरी श्रेष्ठ, लगायतले युवाहरुले नेवारी भाषालाइ संरक्षण गर्दैै बालबालिकाहरुमा हाम्राे आफ्नै रितिरिवाज, भाषा, लिपीबारे जानकारी दिनु पर्ने बताए । हामीले नै यसमा संरक्षण गर्नमा चासाे दिएनाै भने लाेप हुन्न भन्न सकिदैन उनीहरु भने ।FB_IMG_1618440012721.jpg

 कार्यक्रममा  पुर्व अध्यक्ष तथा सल्लाहकार विजयगोविन्द श्रेष्ठले विक्रमसम्वत तथा नेपालमा चलेका सम्वतहरुका बारेमा प्रकाश पारेेेका थिए भने खलका उपाध्यक्ष इ.चन्द्रभक्त श्रेष्ठको स्वागत,  सचिव सुरेश शेखर बज्राचार्यकाे संचालनमा कार्यक्रम  भएकाे थियो ।


लुम्बिनी चिन्तन

थप समाचार