Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अनाथ बालबालिकालाई खीर खुवाउँदै वृक्षरोपण—लियो क्लब अफ बुटवल एभरेष्ट र लायन्स क्लबको संयुक्त पहल


  • लुम्बिनी चिन्तन
  • श्रावण १७, २०८२ शुक्रवार
  • 2.4K
    SHARES

अनाथ बालबालिकालाई खीर खुवाउँदै वृक्षरोपण—लियो क्लब अफ बुटवल एभरेष्ट र लायन्स क्लबको संयुक्त पहल

भैरहवा, १६ साउन । लियो क्लब अफ बुटवल एभरेष्ट र लायन्स क्लब अफ सिद्धार्थनगर मिड टाउन कोटिहवाको संयुक्त आयोजनामा आज तिलोत्तमा–१५ स्थित नेपाल अविनाश आश्रम, कोटिहवामा रहेका अनाथ बालबालिकाहरुलाई खीर खुवाउने तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।
अध्यक्ष लियो शिशिर खनालले समाजका असहाय तथा विपन्न बालबालिकाप्रति सहयोग र सहानुभूति प्रकट गर्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको बताउनु भयो। उहाँले लियो क्लबको तर्फबाट यस्ता सामाजिक सेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

WhatsApp Image 2025-08-01 at 6.46.26 PM.jpeg
प्रमुख अतिथि तथा लियो जिल्ला ३२५ पि की उपाध्यक्ष लियो सुष्मा बस्यालले भन्नुभयो, युवाहरूको सकृयताले नै समाजमा सकारात्मक परिवर्तन सम्भव छ । लियो क्लबहरूले सामाजिक उत्तरदायित्वप्रति देखाएको जागरुकता र निरन्तरता सराहनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता सेवामूलक कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभयो।


विशिष्ट अतिथि तथा लायन्स क्लब सिद्धार्थनगर मिड टाउन कोटिहवाका अध्यक्ष लायन निर्मल भण्डारीले भन्नुभयो, लायन्स र लियो क्लबहरूको सहकार्यले सामाजिक क्षेत्रमा प्रभावकारी योगदान पु¥याइरहेको छ । उहाँले खीर खुवाउने र वृक्षरोपण जस्ता कार्यक्रमले बालबालिकामा खुशीको संचार गर्नुका साथै वातावरणीय सन्देशसमेत प्रवाह गरेको बताउनुभयो।

WhatsApp Image 2025-08-01 at 6.38.45 PM.jpeg
क्लबका अध्यक्ष लियो शिशिर खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लियो जिल्ला ३२५ पि का उपाध्यक्ष लियो सुष्मा बस्यालले सहभागिता जनाउनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लायन्स सिद्धार्थनगर मिड टाउन कोटिहवाका अध्यक्ष निर्मल भण्डारी र नेपाल अविनाश आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली उपस्थित हुनु भयो।


कार्यक्रममा लियो क्लब अफ सि.मि. का निवर्तमान अध्यक्ष लियो रञ्जना क्षेत्री, तेस्रो उपाध्यक्ष लियो पुजन बस्याल, सह–कोषाध्यक्ष लियो राज शर्मा, प्रथम उपाध्यक्ष लियो विवेक रेग्मी, मेम्बरसिप चेयरपर्सन लियो युकेश गहतराज, सेकेण्ड भिपी लियो मोहम्मद उमेर तथा लियो–लायन्स सदस्य राम बैद्ये लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवा वर्ष २०२५÷२६ का सचिव लायन नारायण भण्डारीले गर्नुभएको थियो।

WhatsApp Image 2025-08-01 at 6.38.44 PM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार