भैरहवा, १८ साउन । सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेका ६० वर्षीय राममिलन धवलको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा थिए।
मोटरसाइकल चालक समेत रहेका उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
दुर्घटना अनियन्त्रित मोटरसाइकलका कारण भएको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।