Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रविन्द्र ढाँटको ऐतिहासिक जितः पहिलो नेपाली बान्टमवेट च्याम्पियन बने


  • लुम्बिनी चिन्तन
  • श्रावण १९, २०८२ आइतवार
  • 330
    SHARES

रविन्द्र ढाँटको ऐतिहासिक जितः पहिलो नेपाली बान्टमवेट च्याम्पियन बने

साउन १८ । 
नेपाली एमएमए (मिक्स्ड मार्शल आट्र्स) खेलाडी रविन्द्र ढाँटले भारतीय मञ्चमा ऐतिहासिक सफलता हात पारेका छन्। भारतको नोयडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइटर नाइटमा उनले साविक विजेता चोङ्गरेन कोरेनलाई पराजित गर्दै उपाधि चुमेका हुन्।

यो जितसँगै ढाँट नेपालका पहिलो बान्टमवेट बेल्ट विजेता बनेका छन्। यो उनको ब्यावसायिक एमएमए करियरको नवौं उपाधि हो।

तीन वर्षदेखि म्याट्रिक्स फाइटर नाइटमा प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दै आएका ढाँटले यसपटकको सफलता विशेष अर्थ राख्ने बताए। “यो जित मेरो लागि भावनात्मक छ,“ ढाँटले भने, “मैले धेरै संघर्ष र मेहनत गरेको छु, र अन्ततः मेरो सपना पूरा भएको छ।“

रविन्द्रले आफ्नो सफलताको श्रेय प्रशिक्षक दिविज पियालाई दिएका छन्। कठिन समयमा साथ दिएको भन्दै उनले दिविजलाई धन्यवाद व्यक्त गरे। दिविजले रविन्द्रको क्षमता चिनेका थिए र निजी खर्चमै उनको प्रशिक्षण, आवास र तयारीमा सहयोग पु¥याएका थिए।

दिविज पिया नेपाली एमएमएको प्रतिष्ठित नाम हुन् र नेपाल वारियर्स च्याम्पियनसिपका संस्थापक पनि हुन्। ढाँटको प्रतिभा पहिलोपटक यही प्रतियोगितामार्फत चिनिएको थियो।

उनको टिम र प्रशिक्षकहरूले रविन्द्रको शानदार प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्। यसैबीच, पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि रविन्द्र ढाँटलाई बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको बताएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार