साउन १८ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको म्याद चौथो पटक थपिएको छ। सन् २०७५ चैतमा सुरु भएको यो परियोजनाको काम अझै ३०% बाँकी रहेकाले एक वर्षको म्याद थपिएको हो। ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बमा ११४ किमि सडक विस्तारको ठेक्का लिएको हो। पूर्वी खण्डको म्याद २०८३ साउन ७ र पश्चिम खण्डको २०८३ साउन ५ सम्म बढाइएको छ।
एडीबीको सहयोगमा भइरहेको यस आयोजनामा २९ किमि चार लेन, ७० किमि बजार क्षेत्रमा ६ लेन र १४ किमि तीन लेनको सडक निर्माण हुँदैछ। हालसम्म करिब ७०% मात्रै काम सम्पन्न भएको छ।