Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा बन्ने भयो बहुउद्देश्यीय खेलमैदान

एक करोडको लागत, घनश्याम भुसालले गरे शिलान्यास 


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०७८ बिहिवार
  • 1.4K
    SHARES

भैरहवामा बन्ने भयो बहुउद्देश्यीय खेलमैदान

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा बहुउद्देश्यीय खेलकुद मैदानको निमार्ण हुने भएको छ । नगरको खेलकुद विकासमा टेवा पुग्नेगरी सिद्धार्थनगर नगरपािलका वडा नम्बर ३ मा खेलकुद मैदान निर्माण हुन लागेको हो । निर्माणधिन खेलमैदानकोे बिहीबार बीच संघीय सासद तथा पूर्व मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन । 
शिलान्यास गर्दै सासद भुसालले साधान र स्रोतमा कमि भएको सिद्धार्थनगरले छोटो समयमा नै धेरै राम्रो उपलब्धि हासिल गरेको बताए । माीठो बोलेर पैसा खानु भन्दा चर्को बोलेर पैसा नखानु बेस भन्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीको प्रशंसा गर्दै उनले फोहोर मैलाको समस्या समाधन छिटै हुने बताए । उनले भने हामीसँग जग्गा अभाव मात्र हो, पैसाको अभाव हुदैन, नआत्तिकन जति ढिला भएपनि यो समस्या पनि समाधान हुने बताए । _DSC0817.JPG
सिद्धार्थनगर र आसपासका ठाँउलाई जोडेर नगर परिषदले उपमहानगरका लागि परित गरेको छ, यसलाई आउने निर्वाचनमा हुने गरी पत्राचार गर्न र प्रक्रिया अगाडि बढाउन समेत उनले नगरपालिकालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री हकिुकुल्लाह खानले बन्न लागेको खेल मैदानले सिद्धार्थनगरमा आयाम थपेको बताए । यसले खेल सिकाउने, प्रतिभालाई प्रष्फुटन गरी दक्षता बढाउने बताए । त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले सिद्धार्थनगरको क्षेत्रफल बढाई उपमहानगरको रुपमा विकास गर्न आग्रह गरे, क्षेत्रफल बढे स्वतः यस क्षेत्रको अझै विकास हुने हुदा यस तर्फ नगरपालिका र सरोकारवाला निकायले ध्यान दिनु पर्ने, मेला महोत्सव र ठूला सभा गर्नका लागि पनि नगरपालिकाले व्यवस्थापन मिलाउनु पर्ने बताए । 
कार्यक्रममा वडा अध्यक्ष को तर्फबाट वडा नम्बर एक का अध्यक्ष रमेश मल्ल, राजनितिक दलको तर्फबाट एमालेका राम बहादुर क्षेष्ठ लगायतले समयमा नै सक्नेगरी सम्पन्न गर्न सबैमा अनुरोध गरे । 
कार्यक्रममा खेल मैदानमा जाने बाटे दान गरेका जग्गादाता लक्ष्मण पन्थी र राधिका उपाध्यायलाई नगरपालिकाले सम्मान गरेको थियो । दम्पतिले खेल मैदान प्रवेश गर्ने ३० फीट चौडा बाटो कुल २ कठ्ठा सवा २ धुर जग्गा दान गरेका छन । 

_DSC0819.JPG३ विघा क्षेत्रफलमा बन्न लागेको खेलमैदान एथलेटिक्स, फुटवल मैदान सहित सबै प्रकारका खेल खेल्न मिल्ने छ । सिद्धार्थनगरमा क्रिकेट रंगशाला भएपनि अन्य खेलका लागि समस्या रहेको सो खेलमा सहजताका लागि यो खेल मैदान बनाउन लागिएको नगरपालिकाका वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । 
यस वर्षको असार मसान्त भित्र पहिलो चरणको खेलकुदको मैदान निर्माण, पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिने छ भने विस्तारै अन्य भौतिक संरचनाहरु क्रमश निर्माण गर्दै जाने बताए । ९८ लाख ७२ हजार ५ सय ७५ रुपैया लागतमा बन्न लागेको खेल मैदान संघीय समानिकरण अनुदानबाट निर्माण हुन लागेको छ, यसको निर्माणको जिम्मा बागेश्वरी निर्माण सेवाले गर्ने इन्जिनीयर श्रेष्ठले बताए ।   
सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीको अध्यक्षता, उपमेयर उमा काफ्लेको स्वागत तथा वरिष्ठ अधिकृत देव ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । _DSC0807.JPG
  


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार