Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवल–पाल्पा सडकखण्डमा पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा रोकियो


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८२ सोमवार
  • 312
    SHARES

बुटवल–पाल्पा सडकखण्डमा पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा रोकियो

बुटवल, १९ साउन — पछिल्ला केही दिनदेखि लगातार परिरहेकै वर्षाका कारण बुटवल–पाल्पा सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध गरिएको छ। विशेषगरी सिद्धबाबा क्षेत्र आसपासमा पहिरो खस्ने जोखिम अत्यधिक बढेपछि यातायातमा रोक लगाइएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाने सबै प्रकारका सवारी साधनहरूलाई हाल बुटवलको गोलपार्क क्षेत्रमै रोकिएको छ। यस कदमले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर सम्भावित दुर्घटनाबाट जोगाउने उद्देश्य रहेको बताइएको छ।


सिद्धबाबा क्षेत्र प्रायः पहिरोको उच्च जोखिममा पर्ने भएकाले वर्षायाममा बारम्बार यस्ता समस्या देखिन्छन्। यसपटक पनि लगातारको वर्षाले सडकमा स–साना पहिरो खस्न थालेपछि थप जोखिम बढेको हो। यद्यपि ठूलो क्षति नभए तापनि सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गरिएको ट्राफिक प्रहरीको भनाइ छ।

प्रशासनले स्थानियवासी र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ भने सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। मौसममा सुधार आएपछि सडक खुलाउने काम अघि बढाइने सम्बन्धित निकायले जानकारी दिएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार