Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८२ मंगलवार
  • 306
    SHARES

एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

काठमाडौं, २० साउन । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ।

यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा चलाउन सक्नेछन्।

सेवा सोमबारदेखि भारतबाट सुरु गरिएको हो, जहाँ एनसेलले एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा प्रदान गर्न थालेको छ।

पहिल्यै इनबाउन्ड रोमिङ सुविधा उपलब्ध गराउँदै आएको एनसेलले अब विभिन्न देशहरूमा सेवा विस्तार गर्दै, जियो, एटी एन्ड टी, भोडाफोन, सफ्ट बैंकजस्ता अन्तर्राष्ट्रिय नेटवर्कहरूसँग परीक्षण गरिरहेको जनाएको छ।

एनसेलले देशबाहिर गए पनि आफ्ना ग्राहकलाई सधैं जडानमा राख्न विश्वव्यापी रोमिङ सेवा विस्तार गरिरहेको बताएको छ।

 


लुम्बिनी चिन्तन

थप समाचार