Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामूहिक विद्यालय परिवारको आयोजनामा आर्ट कम्पिटिसन र फिगर एण्ड वर्ड एरेन्जमेन्ट प्रतियोगिता सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८२ मंगलवार
  • 4.1K
    SHARES

सामूहिक विद्यालय परिवारको आयोजनामा आर्ट कम्पिटिसन र फिगर एण्ड वर्ड एरेन्जमेन्ट प्रतियोगिता सम्पन्न

भैरहवा, २० साउन । सामूहिक विद्यालय परिवारका अध्यक्ष संसद इद्रेसीको अध्यक्षता तथा वडा अध्यक्ष कुमार गुरुङ,को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संयोजक प्रेमबहादुर क्षेत्री रहनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्याब्सनका कोषाध्यक्ष महेश भुर्तेल, प्रमुख सल्लाहकार युवराज पौडेल, सल्लाहकार राजकुमार गुरुङ, विष्णुप्रसाद पन्थी तथा सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक एम.डी. अर्जुन पौडेलको विशेष उपस्थिति रहेको थियो।कक्षा ४ र ५ का विद्यार्थीबीच सम्पन्न चित्रकला प्रतियोगितामा छात्रा तर्फ प्रथम पुरस्कार मनकामना स्कुल सिद्धार्थ नगरपालिका–४ की आराध्या पाण्डे, द्वितीय पुरस्कार फ्लोरल स्कुल ओम सतिया वार्ड नं. ४ की समिरा शेष र तृतीय पुरस्कार नमुना स्कुल तिलोत्तमा–१० की रिता घर्ती मगरले प्राप्त गरिन्। सान्त्वना पुरस्कार सतिया स्कुल ओम सतिया–५ की शीतल गुप्तालाई प्रदान गरिएको थियो।WhatsApp Image 2025-08-04 at 6.24.14 PM.jpeg
छात्रतर्फ प्रथम पुरस्कार मनकामना स्कुल सिद्धार्थ नगरपालिका–४ का आर्यन बरै, द्वितीय पुरस्कार न्यू इरा स्कुल सिद्धार्थ नगरपालिका–१२ का विशाल राव र तृतीय पुरस्कार एभरेस्ट स्कुल मायादेवी–३ का शिवसुन्दरलाई प्रदान गरिएको थियो। सान्त्वना पुरस्कार मिनरवा स्कुल ओम सतिया–१ का रिदम पुनले प्राप्त गरे। 
त्यसैगरी युकेजीदेखि कक्षा १ सम्मका विद्यार्थीबीच आयोजित फिगर एण्ड वर्ड एरेन्जमेन्ट प्रतियोगितामा छात्रातर्फ प्रथम पुरस्कार मनकामना स्कुल सिद्धार्थ नगरपालिका–४ की शरन्जु गुरुङ, द्वितीय पुरस्कार न्यू इरा स्कुल सिद्धार्थ नगरपालिका–१२ की खुश्बु निशा, तृतीय पुरस्कार एवरग्रीन स्कुल मायादेवी–७ की सानवी कुर्मी र सान्त्वना पुरस्कार फ्युचर लाइट स्कुल मायादेवी–८ की प्रजिता घिमिरेले प्राप्त गरिन्। छात्रतर्फ प्रथम पुरस्कार न्यू इरा स्कुल सिद्धार्थ नगरपालिका–१२ का आर्यन बनिया, द्वितीय पुरस्कार मनकामना स्कुल सिद्धार्थ नगरपालिका–४ का अवरार खान, तृतीय पुरस्कार एभरेस्ट स्कुल मायादेवी–३ का महेश यादव र सान्त्वना पुरस्कार एवरग्रीन स्कुल मायादेवी–७ का आयुष मिश्राले जितेका थिए।WhatsApp Image 2025-08-04 at 6.24.15 PM.jpeg
सोही अवसरमा सामूहिक विद्यालय परिवार र सिद्धार्थनगर सिटी हस्पिटलबीच दुई वर्षका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता अनुसार सामूहिक विद्यालय परिवारमा आबद्ध विद्यालयका सञ्चालक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गरिने व्यवस्था गरिएको सचिव कमलप्रसाद कोइरालाले जानकारी दिनुभयो।


लुम्बिनी चिन्तन

थप समाचार