Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित


  • लुम्बिनी चिन्तन
  • श्रावण २२, २०८२ बुधवार
  • 246
    SHARES

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित

काठमाडौं, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको प्रक्रिया अस्थायी रूपमा रोकिएको जनाएको छ। विभागले आज बुधबार जारी गरेको सूचना अनुसार ‘हालसम्म अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरण अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको थियो।

तर, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को संशोधन अनुसार अब अनलाइन सञ्चारमाध्यमको दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत अनिवार्य गरिएको छ।’screenshot-2025-08-05-224341_XWZ772ubaz.png
विभागका अनुसार नयाँ कानुनी व्यवस्थासँग मेल खाने गरी प्रक्रिया परिमार्जन आवश्यक भएको हुँदा अस्थायी रूपमा कार्य स्थगित गरिएको हो।
“उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा ७ (ख) अनुसार तोकिएको दस्तुरसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था लागू गरिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार