Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सप्तरीमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच झडप, स्थानीयको मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण २२, २०८२ बुधवार
  • 264
    SHARES

सप्तरीमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच झडप, स्थानीयको मृत्यु

साउन २१ । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा तस्करी भइरहेको सूचनामा प्रहरी टोली पुगेपछि तस्कर समूहसँग झडप भएको छ। झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको छ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र त्यसै क्रममा यादवको तिघ्रामा गोली लागेको हो। उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइयो, तर उपचारकै क्रममा उनको निधन भयो।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार झडपको समयमा तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा एक जना प्रहरी पनि घाइते भएका थिए। प्रहरीको प्रतिक्रिया स्वरूप तस्करहरूले केही कार्टुन मदिरा छोडेर भागेका थिए, ती बरामद गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार