भैरहवा, साउन २३ । भारतको सुनौली नाकाबाट खाडी मुलुकतर्फ गैरकानुनी रूपमा लैजान लागिएका ४० जना नेपाली महिला उद्धार गरिएको छ। विदेशी रोजगारका नाममा ठगीमा परेका ती महिलालाई ‘किन इन्डिया’ नामक संस्थाले भारतीय प्रहरी र नेपाली राजदूतावासको सहकार्यमा सुरक्षित रूपमा उद्धार गरेको हो।
उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरेबिया, ओमान, दुबई लगायतका मुलुकहरूमा पठाउने योजनाअनुसार भारत हुँदै तस्करी गर्न लागिएको अनुसन्धानबाट खुलेको छ।
उद्धार गरिएका महिलाहरूलाई आज काठमाडौं ल्याइँदैछ। यस घटनाले वैदेशिक रोजगारका नाममा भइरहेका अवैध क्रियाकलापप्रति अझ सशक्त निगरानी र नियन्त्रण आवश्यक रहेको संकेत गरेको छ।