Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मणिग्राममा मोटरसाइकल दुर्घटनाः २० वर्षीय युवकको ज्यान गयो


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०८२ सोमवार
  • 322
    SHARES

मणिग्राममा मोटरसाइकल दुर्घटनाः २० वर्षीय युवकको ज्यान गयो

भैरहवा, साउन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २० वर्षीय खेम भुसालको ज्यान गएको हो।

भुसाल नवलपरासीको सुनवल स्थायी निवासी हुन् भने हाल तिलोत्तमा–१४ तीनधुरा, भलवारीमा बस्दै आएका थिए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा बिहान करिब ३ः४५ बजे मणिग्राममा आफै अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि क्रिमशन अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

सडक चिप्लो भएका कारण मोटरसाइकलको टायर फिस्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार