Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सुनसरीमा यात्रुबाहक बस र विङ्गर ठोक्किँदा ४ जनाको ज्यान गयो, २३ जना घाइते


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०८२ सोमवार
  • 308
    SHARES

सुनसरीमा यात्रुबाहक बस र विङ्गर ठोक्किँदा ४ जनाको ज्यान गयो, २३ जना घाइते

सुनसरी, साउन २६ — पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलमा बिहान करिब ७ बजे यात्रुबाहक बस र विङ्गर माइक्रो एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मातृ डिलक्स नामक बस (ना.पा. १ ख १७९९) र सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको विङ्गर माइक्रो (प्रदेश २–०१–००१ ज ००४८) बीच ठक्कर भएको थियो।

दुर्घटनामा सुनसरी कोशी गाउँपालिका–६ निवासी ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादव तथा अन्दाजी ४५–५० वर्षकी एक अज्ञात महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको उपचार ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवा लगायतका स्वास्थ्य संस्थाहरूमा भइरहेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विङ्गर चालकको उपचार जारी रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार