Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

रुपन्देहीको मायादेवी–६ बेथरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०८२ बुधवार
  • 368
    SHARES

रुपन्देहीको मायादेवी–६ बेथरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

भैरहवा, २८ साउन । रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा र सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल बेथरीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको आयोजकले जनाएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँले रक्तदान सबैभन्दा श्रेष्ठ दानमध्ये पर्ने बताउनुभयो । उहाँले मानिस जतिसुकै सम्पन्न भए पनि ज्यान बचाउन रगतको आवश्यकता रहने बताउनुभयो । उहाँले विद्यालय, क्याम्पस तथा गाउँगाउँमा पुगेर रक्तदानको महत्वबारे बुझाउनुपर्नेमा जोड दिनुभयो ।WhatsApp Image 2025-08-13 at 11.30.03 AM.jpeg

त्यस्तै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक तथा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक अर्जुन पौडेलले भैरहवामा एक हप्ता अघि रक्तदान कार्यक्रम गरेको र त्यसमा ५१ यूनिट रगत संकलन भएको बताउनुभयो । उहाँले शहर भन्दा बाहिर कार्यक्रम गरौं भनेर बेथरीमा आयोजना गरिएको र यसले रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले समयसमयमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । मायादेवी–६ का वडाअध्यक्ष अवधराज यादवले रक्तदान कार्र्यक्रम आयोजना गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बेथरीका प्रमुख प्रहरी निरीक्षक सविता जि.सी.ले रक्तदानले मानिसको जीवन बचाउने बताउनुभयो ।

अम्बे स्टील्सका महाप्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वस्थ व्यक्तिले तीन–तीन महिनामा रक्तदान गर्न सक्ने बताउनुभयो ।WhatsApp Image 2025-08-13 at 11.30.03 AM (1).jpeg

सिद्धार्थनगर सिटी हस्पिटलको मानव संशाधन प्रबन्धक विद्या गौतमले रक्तदान बिरामीको लागि मात्र नभइ रक्तदाताको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो । विनोद चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार