Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको आन्दोलन घोषणा


  • लुम्बिनी चिन्तन
  • श्रावण ३०, २०८२ बिहिवार
  • 246
    SHARES

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको आन्दोलन घोषणा

भैरहवा, साउन २९ । संसदको शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले विधेयकबाट “गैरनाफामूलक“, “पूर्ण छात्रवृत्ति“ जस्ता शब्दहरू हटाउन माग गरेका छन्।

यसैक्रममा बिहीबार सिद्धार्थनगर नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ। आन्दोलन अन्तर्गत भदौ १ गते मुख्यमन्त्रीहरूलाई, २ गते सांसदहरूलाई ज्ञापनपत्र दिने, र ३ देखि ७ गतेसम्म विभिन्न तहमा अन्तरक्रिया र बैठकहरू गर्ने कार्यक्रम तय गरिएको छ।

निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको लगानीलाई ध्यानमा राख्दै सरकारले नीति निर्माण गर्दा पूर्वाग्रही नहुनुपर्ने माग विद्यालय सञ्चालकहरूको रहेको छ।


लुम्बिनी चिन्तन

थप समाचार