Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देही चेम्बर अफ कमर्सको आयोजनामा प्रजनन स्वास्थ्य तथा स्तन क्यान्सर अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०८२ शुक्रवार
  • 1.4K
    SHARES

रूपन्देही चेम्बर अफ कमर्सको आयोजनामा प्रजनन स्वास्थ्य तथा स्तन क्यान्सर अभिमुखीकरण कार्यक्रम सम्पन्न

भैरहवा, साउन ३० । चेम्बर अफ कमर्स रूपन्देहीले आफ्नो वार्षिक कार्ययोजनाअनुसार स्तन क्यान्सर र प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम चेम्बरको सभा हलमा सम्पन्न गरेको छ ।


कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष दपर्ण श्रेष्ठले महिलाहरूले स्वास्थ्यका कुरामा अझ सजग हुनु आवश्यक र उक्त कार्यक्रमले स्तन क्यान्सरबारे थुप्रै भ्रम हटाउनुका साथै सचेत बनाएको भन्दै यसले भविष्यमा स्वास्थ्य परीक्षण नियमित गरिराख्न पनि यस प्रशिक्षणले प्रेरणा दिएको उल्लेख गर्नुभयो ।

WhatsApp Image 2025-08-15 at 6.42.56 PM.jpeg
प्रशिक्षक तथा सांसद डा. तोसिमा कार्कीले स्तन क्यान्सर महिलाहरूमा देखिने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक रहेको बताउनु भयो । स्तन क्यानसरका मुख्य लक्षणहरूहरुका बारेमा जानकारीदिदै कार्कीले स्तनमा गिर्खा वा गाँठो देखिनु, स्तनको आकार वा रंगमा परिवर्तन, निप्पलबाट असामान्य स्राव आउनु, वा छालामा खिचाव वा घाउ हुनु पर्छ । महिलाहरूले २० वर्ष नपुग्दै नै नियमित स्व–परीक्षण गर्नुपर्ने र ४० वर्षपछि नियमित म्यामोग्राम गराउनु उचित हुने पनि सांसद कार्कीले बताउनु भयो ।WhatsApp Image 2025-08-15 at 6.42.58 PM.jpeg
यसैगरी अर्की प्रशिक्षक जिता बरालले यो क्यान्सर स्तनको कोषहरूमा सुरु हुन्छ र समयमै जाँच तथा उपचार नगरेमा शरीरको अन्य भागमा फैलिन सक्छ। प्रारम्भिक चरणमा पत्ता लगाउन सकिएमा यसबाट पूर्णरूपमा निको हुने सम्भावना उच्च हुन्छ। बरालले जानकारी दिनुभयो ।
चेम्बर अफ कमर्स रूपन्देहीले यस्ता कार्यक्रममार्फत स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

WhatsApp Image 2025-08-15 at 6.43.29 PM.jpegकार्यक्रममा निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, सम्पूर्ण सल्लाहकार, कार्यसमिति पदाधिकारी, साधारण सदस्य, आस्था महिला उद्यमी, संघ परिवार लुम्बिनी शाखा, परिवार होटल संगठनका अध्यक्ष तथा सदस्यहरू, साथै अमुवा, धकधई र मर्चवार क्षेत्रका समन्वयहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजन बिन्दु न्यौपानेले गर्नुभएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार