Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देशभर श्रीकृष्णजन्माष्टमी धूमधामसँग मनाइँदै


  • लुम्बिनी चिन्तन
  • श्रावण ३२, २०८२ शनिवार
  • 274
    SHARES

देशभर श्रीकृष्णजन्माष्टमी धूमधामसँग मनाइँदै

भैरहवा, साउन ३१ । आज भाद्रकृष्ण अष्टमीका दिन ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर धूमधामसँग मनाइँदैछ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णको पूजा–आराधना, भजन–कीर्तन र व्रत बस्ने परम्परा यस दिन मनाइन्छ।

कृष्णमन्दिरहरूमा विशेष भीड लाग्ने आजको दिनलाई रातको समयमा ‘मोहरात्री’ पनि भनिन्छ। काठमाडौंबाट भैरहवासम्मका मन्दिरमा मेला, झाँकी, शोभायात्रा र रथयात्रा आयोजना भइरहेका छन्।

श्रीकृष्णले अर्जुनलाई उपदेश दिएका ‘श्रीमद्भागवत गीता’ लाई विश्वकै सबैभन्दा अनूदित ग्रन्थ मानिन्छ। भगवान् श्रीकृष्णले सत्य र धर्मका पक्षमा जीवन समर्पण गरेको स्मरणमा आजको दिन श्रद्धापूर्वक मनाइन्छ।


बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज भैरहवाको प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी नारायणस्थान मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।


लुम्बिनी चिन्तन

थप समाचार