भैरहवा, ०१ भद्र । सामूहिक विद्यालय परिवार, रूपन्देहीको आयोजनामा आर्ट कम्पिटिसन तथा वादविवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। कक्षा २ देखि ३ सम्मका छात्र–छात्राहरूबीच ‘आर्ट कम्पिटिसन’ तथा कक्षा ८ देखि १० सम्मका छात्र–छात्राबीच वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो।
आर्ट प्रतियोगितामा छात्रातर्फ १७ विद्यालय र छात्रतर्फ १६ विद्यालयको सहभागिता रहेको थियो।
जसअनुसार, आर्ट प्रतियोगितामा छात्रा तर्फ मानाकामना स्कूलकी आरती कलवार प्रथम भईन भने फ्लोरल स्कूलकी तनाज खातुन दोस्रो र न्यू इरा स्कूलकी तहमिन खातुन तेस्रो भएकी छन्। एभरग्रीन स्कूलकी चादनी हरिजनले सान्त्वना स्थान प्राप्त गरिन्।
छात्र तर्फ पनि मानाकामना स्कूलका साजिद अन्सारी पहिलो भएको छ भने लुम्बिनी श्रृजना स्कूलका लियाम शोरेन दोस्रो तथा आदर्श विद्यामन्दिर स्कूलका सहिस थापा तेस्रोले स्थान हासिल गरेका हुन । फ्लोरल स्कूलका अबुशाद चौधरीले सान्त्वना स्थानमा रहेन सफल भएका छन्।

यसैगरी वादविवाद प्रतियोगितामा छात्रा तर्फ १४ र छात्र तर्फ १५ विद्यालय सहभागी भएका थिए।
जसअनुसार, वादविवाद प्रतियोगितामा छात्रा तर्फ नेपाल नालन्दा स्कूलकी अन्शु परियारले प्रथम स्थान हासिल गरीन्। युनिभर्सल स्कूलकी युना पाण्डेय दोस्रो र मिनर्वा स्कूलकी प्रसंसा ज्ञावाली तेस्रो भइन्। स्पांगल स्कूलकी अराध्या मिश्राले सान्त्वना स्थान हात पारिन्।
छात्र तर्फ युनिभर्सल स्कूलका सम्राट पोखरेलले पहिलो स्थान प्राप्त गरे। नेपाल नालन्दा स्कूलका प्रतिक बेलबासे दोस्रो र फ्युचरलाइट स्कूलका जोसेफ तामाङ तेस्रो भए। नमुना स्कूलका मोहित श्रेष्ठले सान्त्वना स्थानमा रहन सफल भए ।

कार्यक्रमको अध्यक्षता समसाद इद्रीसीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सि.न.प. शिक्षा प्रमुख चेतनशील लम्सालको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक केन्द्रीय प्याब्सनका निवर्तमान उपाध्यक्ष विष्णु प्रसाद पन्थी थिए।
आर्ट कम्पिटिसन तर्फको निर्णय मनोहर थापाले गरेका थिए भने वादविवाद तर्फ डिल्लीराज भट्टराई र कृष्णप्रसाद बस्याल निर्णायकको रूपमा उपस्थित थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश प्याब्सनका कोषाध्यक्ष महेश भुर्तेल, रुपन्देही जिल्ला प्याब्सनका सहसचिव गोकुल पोख्रेल, ओमसतिया प्याब्सनका निवर्तमान अध्यक्ष राजकुमार गुरुङ, सामूहिक विद्यालय परिवारका सचिव कमल कोइराला, कोषाध्यक्ष प्रेम क्षेत्री, सहसचिव दिपक थापा, कार्यसमिति सदस्य सफल बस्नेत तथा सदस्य विद्यालय प्रमुख श्रृजना पाठकको उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता र सार्वजनिक अभिव्यक्तिको क्षमता विकासमा सहयोग पु¥याएको आयोजकले जनाएका छन्।