Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर नगरपालिकाको आग्रहः सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र सहित बायोमेट्रिक प्रमाणीकरण गराउनुहोस्


  • लुम्बिनी चिन्तन
  • भाद्र १, २०८२ आइतवार
  • 268
    SHARES

सिद्धार्थनगर नगरपालिकाको आग्रहः सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र सहित बायोमेट्रिक प्रमाणीकरण गराउनुहोस्

भैरहवा, ०१ भाद्र । सिद्धार्थनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूलाई साउन १ गतेदेखि भदौ मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई बायोमेट्रिक प्रविधिबाट राष्ट्रिय परिचयपत्रसहित सामाजिक सुरक्षा भत्ता तथा परिचयपत्र नविकरण प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ।

नगर प्रमुख इश्तियाक अहमद खानका अनुसार, यो प्रक्रिया सामाजिक सुरक्षासम्बन्धी सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी र दुरुपयोग मुक्त बनाउने उद्देश्यले सुरु गरिएको हो। नगरपालिकाले सबै लाभग्राहीहरूलाई समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

त्यसैगरी, शारीरिक रूपमा अशक्त, वृद्ध वा अन्य कारणले वडा कार्यालयमा पुग्न असमर्थ लाभग्राहीहरूको हकमा घरमै पुगेर परिचयपत्र नविकरण गर्ने व्यवस्था मिलाउन नगरपालिकाले सबै वडा कार्यालयहरूलाई निर्देशनसमेत दिएको छ।

सिद्धार्थनगर नगरपालिकाले यो सूचना सबै नगरबासीहरूमा जानकारी गराउँदै, तोकिएको समयमा प्रक्रिया सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार