Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देही सहित १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०७८ बिहिवार
  • 920
    SHARES

रूपन्देही सहित १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाैं ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्र रुपन्देही सहित १४ वटा जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयले आग्रह गरेकाे छ ।

मन्त्रालयले रुपन्देही,काठमाडौं, ललितपुर, कास्की,  चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको हाे । 

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको छ ।मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । 

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ । 

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न,  साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड-१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न  समेत निर्देशन दिएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • लुम्बिनी चिन्तन

    थप समाचार