Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हजारौ थान नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक भारतीय युवक पक्राउ


  • लुम्बिनी चिन्तन
  • भाद्र २, २०८२ सोमवार
  • 394
    SHARES

हजारौ थान नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक भारतीय युवक पक्राउ


भैरहवा भदौ २/
हजारौ थान नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित रुपन्देही प्रहरीले भारतीय युवक लाई आईतवार पक्राउ गरेको छ । 
नेपाल र भारतमा रहेका बिभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको हजारौं नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टीकरहरुसहित प्रहरीले एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा भारतको जिल्ला कानपुर नौवस्ति बस्ने २५ वर्षिय अभिषेक यादव रहेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट उनलाई  आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । 

aa.jpg
रुपन्देही प्रहरीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका युवकको साथमा रहेको  सुडकेस खानतलासी गर्दा शैक्षिक प्रमाणपत्रहरु , विभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्राम जस्तो देखिने स्टीकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिक लगायतका सामानहरु सहित नियन्त्रणमा लिइएको डीएसपी कार्कीले बताए ।  
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा पक्राउ गरेको थियो । 
प्रहरीले अभिषेकको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, नम्बर स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान, होलोग्राम जस्तो देखिने विभिन्न विद्यालयका स्टीकरहरु, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरु, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आईफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्ड लगायत सामानहरु बरामद गरेको छ ।
भारतबाट एकजनाले नक्कली सर्टिफिकेट लगायत सामान बोकेर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सर्टिफिकेटहरु फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले बताए । प्रहरीलाई पहिले देखीनै यस्तो काम भैरहेको छ भन्ने सुचना  आईरहेको त्यही सुचनालाई हामी सकृयताका साथ लागेर यो सफलतामा पुगेका हौ एसपी क्षेत्रीले भने । यसमा को को सम्लग्न छन् सबै बिस्तारै बाहीर आउने उनले बताए ।
यसबारे थप अनुसन्धान भइरहेको र यस कार्यमा संम्लग्नहरुको पनि पहिचान भैसकेकाले प्रहरी उपरिक्षक क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका युवकले आफू मासिक तलबमा काम गरेको बयान दिएका छन् । यसअघि पनि आफूले नक्कली सर्टिफिकेटहरु नेपाल ल्याएको बयान दिएको एसपि क्षेत्रीले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार