Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा श्री दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा तिज मिलन कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०८२ मंगलवार
  • 934
    SHARES

भैरहवामा श्री दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा तिज मिलन कार्यक्रम सम्पन्न

भैरहवा, ०३ भाद्र । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी), सिद्धार्थनगर नगरपालिका–३, ५ र ६ को आयोजनामा तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीको रहेको थियो भने विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी निरीक्षक अमृता के.सी.को उपस्थिति रहेको थियो।

विशिष्ट अतिथिहरूमा एकता महिला समूहकी शाकुन्तला न्यौपाने, सक्षम सहारा महिला समूहकी शान्ता कंडेल, दिदीबहिनी महिला समूहकी पुनम क्षेत्री, जैसवाल महिला मञ्चकी पुनम जैसवाल तथा श्याम मित्र मण्डलका राजेन्द्र गुप्ता सहभागी थिए।WhatsApp Image 2025-08-19 at 3.20.51 PM (2).jpegWhatsApp Image 2025-08-19 at 3.20.52 PM (1).jpeg

कार्यक्रममा निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठ, लाजिना अर्याल, पुनम जैसवाल, आनन्द न्यौपाने लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन शान्ता कंडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक नन्द किशोर यादवले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अजय कुमार गुप्ताले गरेका थिए।

तिजको अवसरमा आयोजित यस कार्यक्रममा महिला सशक्तिकरण, सामाजिक एकता, र समुदाय–प्रहरी सम्बन्धबारे विचार–विमर्शका साथै सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।WhatsApp Image 2025-08-19 at 3.20.51 PM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार