Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलमा ‘एक चिहान’ नामक तीनदिने नाट्यकार्यक्रम सुरु — कक्षा १२ का विद्यार्थीहरूका लागि विशेष प्रस्तुती


  • लुम्बिनी चिन्तन
  • भाद्र ४, २०८२ बुधवार
  • 1.2K
    SHARES

बुटवलमा ‘एक चिहान’ नामक तीनदिने नाट्यकार्यक्रम सुरु — कक्षा १२ का विद्यार्थीहरूका लागि विशेष प्रस्तुती

बुटवल, भदौ ४ । राग श्री संगीतालय, बुटवलको आयोजनामा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गरी तीनदिने नाट्यकार्यक्रम ‘एक चिहान’ आजदेखि सुरु भएको छ।

बुटवलको बी.आई.सी.सी. हलमा सुरु भएको कार्यक्रम भदौ ४, ५ र ६ गते गरी तीन दिनसम्म चल्नेछ, जसमा प्रत्येक दिन तीन प्रहर नाटक मञ्चन गरिनेछ।
रियल घटनामा आधारित यो नाट्य प्रस्तुतीले विद्यार्थीहरूलाई सामाजिक यथार्थ र जीवन मूल्यहरूको विषयमा सचेत गराउने उद्देश्य राखेको छ।

कार्यक्रम राग श्री संगीतालयका निर्देशक सुरेश सेन्चुरीको नेतृत्वमा डिल्ली नारायण पाण्डे, माधव भण्डारी र गोकर्ण गौतमको समन्वयमा सञ्चालन भइरहेको छ।


“हामीले वास्तविक घटनालाई नाटकमार्फत कक्षा १२ का विद्यार्थीहरू माझ प्रस्तुत गरेका हौँ,“ आयोजक गोकर्ण गौतमले बताउनु भयो ।


कार्यक्रमको पहिलो दिनमै १२ वटा विद्यालयबाट करिब १,२०० विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा उत्साह र चासो देखिएको आयोजकहरूले जनाएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार