Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा पौने २ करोडको अवैध सामानसहित पिकअप जिप बरामद, एक जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • भाद्र ६, २०८२ शुक्रवार
  • 270
    SHARES

रुपन्देहीमा पौने २ करोडको अवैध सामानसहित पिकअप जिप बरामद, एक जना पक्राउ
 
भैरहवा, भाद्र ०६ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१०, महिलवार क्षेत्रबाट प्रहरीले १ करोड ७१ लाख मूल्य बराबरको भन्सार छलि गरिएका अवैध सामानसहित एक पिकअप जिप बरामद गरेको छ।
 
बुधबार साँझ इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको संयुक्त टोलीले लु २ च ६३०३ नम्बरको जिप चेकजाँच गर्ने क्रममा सो परिमाणको अवैध सामग्री फेला पारेको हो।
 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, जिपबाट विभिन्न कम्पनीका फ्लेवर राखिएका २७ वटा कार्टुन, १,५८० थान ग्रयाप आइस इलेक्ट्रिक भेप, ४,३८१ थान अन्य इलेक्ट्रिक भेप, एक थान इलेक्ट्रिक मिक्सर, प्लास्टिक प्याक गर्ने मेसिन र १५ केजी र्यापिङ प्लास्टिक बरामद गरिएको छ।
 
साथै, जिपका चालक मायादेवी गाउँपालिका–४ निवासी ३० वर्षीय नारायण अग्रहरीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद सबै सामग्रीमा कुनैपनि बिल÷बिजक नदेखिएकोले सो कार्य भन्सार ऐन विपरीत ठहरिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार