Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स प्रोफेशनलको अध्यक्षमा केसी


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०७८ बिहिवार
  • 1.2K
    SHARES

लायन्स प्रोफेशनलको अध्यक्षमा केसी

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेशनलको अध्यक्षमा रिचा केसी निर्वाचित भएकी छन ।

बैक तथा वित्तिय क्षेत्रका सदस्यहरुक आबद्ध उक्त क्लबको वर्ष २०२१÷२२ का लागि केसी सर्वसम्मत रुपमा चयन भएकी हुन त्यस्तै प्रथम उपाध्यक्षमा अजय कुमार चौधरी, द्धितीय  उपाध्यक्षमा एक नारायण अर्याल र वीपीन राज शर्मा तृतीय उपाध्यक्षमा चयन भएका छन । यसैगरी सचिवमा मोहन खनाल र कोषाध्यक्षमा विवेक खनाल निर्वाचित भएको क्लबका पूर्व अध्यक्ष अमृत थापाले जानकारी दिए । 

समाज सेवा गर्ने उद्देश्यका साथ सन् २०१५ मा स्थापना भएको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेशनलले भैरहवा क्षेत्रमा क्रियाशिल संस्थाको रुपमा परिचित छ । क्लबले मुगुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यका साथ भैरहवामा प्रदर्शन गरेको ‘सुनकली’ डकुमेण्ट्रीबाट करीब ७ लाख रुपैयाँ सङ्कलनगरी सहयोग गरेको थियो ।
  


लुम्बिनी चिन्तन

थप समाचार