Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ४२२ औं नियमित बैठक वृद्धाश्रममा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०८२ शनिवार
  • 718
    SHARES

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ४२२ औं नियमित बैठक वृद्धाश्रममा सम्पन्न

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले ४२२ औं नियमित बैठक भैरहवाको परासी रोडस्थित सत्य साई वृद्ध सेवा आश्रम, बालापुरमा सम्पन्न गरेको छ । कुशे अमावस्या तथा बुवाको मुख हेर्ने दिन (Father’s Day) को अवसरमा क्लबका सदस्यहरूले आश्रममा बसोबास गर्दै आएका वरिष्ठ नागरिकहरूलाई खाद्यान्न, किराना सामग्री, दोसल्ला (शाल) र दक्षिणा हस्तान्तरण गरेका छन् ।WhatsApp Image 2025-08-23 at 11.22.15 AM (2).jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष रोटेरियन विष्णु शर्माले सेवा परियोजनासँगै नियमित बैठक सम्पन्न गर्न पाउनुमा खुशी व्यक्त गर्दै वृद्ध व्यक्तिहरूको आशीर्वाद क्लबका प्रत्येक सदस्य र परिवारमा कल्याण ल्याउने विश्वास व्यक्त गरे । उनले सबै सदस्यलाई योगदानका लागि धन्यवाद दिँदै कुशे अमावस्या तथा बुवाको मुख हेर्ने दिनको नेपाली सांस्कृतिक महत्वबारे आफ्ना विचार पनि राखे ।WhatsApp Image 2025-08-23 at 11.22.14 AM.jpeg

सत्य साई वृद्ध सेवा आश्रमकी संयोजक माया खरेलले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको मानव सेवाप्रतिको योगदानप्रति आभार प्रकट गरिन् । कार्यक्रममा पूर्व अध्यक्ष कृष्णप्रसाद पाण्डेले स्वागत मन्तव्य दिँदै यस दिनको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए भने चार्टर अध्यक्ष विमल सेनचुरीले धन्यवाद ज्ञापन गरेका थिए । विशेष अतिथि चोपलाल पाण्डेले मानव सेवामा रोटेरियनहरूको संलग्नता प्रशंसनीय रहेको बताए ।WhatsApp Image 2025-08-23 at 11.22.16 AM.jpeg

औपचारिक कार्यक्रम क्लबका सचिव बासु बडालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा १५ भन्दा बढी रोटेरियन सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरूमध्ये पूर्व अध्यक्ष हीरा बहादुर शाह, पूर्व अध्यक्ष प्रेम शर्मा, पूर्व सचिव गंगाधर भण्डारी, कोषाध्यक्ष उपेन्द्र यादव, रोटेरियन सुनील सेठीया, राम थापा, राजेश अग्रहरी, शान्ति शर्मा, स्वेता बडाल लगायतका सदस्यहरू रहेका थिए ।WhatsApp Image 2025-08-23 at 11.22.15 AM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार