भैरहवा, भदौ १६। होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा चेम्बर अफ कमर्स, रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक विशेष कार्यक्रममार्फत बधाई तथा सम्मान गरिएको छ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। 
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सचिन रोक्काले कर्मश र संगठनविच एक आपसमा समन्वय गरी अघिबढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार तथा होटल व्यवसायी महासंघ नेपालका उप–महासचिव एवं पर्यटन परिषद लुम्बिनी प्रदेशका सदस्य राजेश मल्होत्रा, संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, पूर्व अध्यक्ष तथा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद बेल्बासे, चेम्बर अफ कमर्सका सल्लाहकार रामचन्द्र रेग्मी लगायतले बोल्दै चेम्बर अफ कमर्श र संगठनविच एकताबद्ध भई अगाडी बढ्न सुझाव दिए ।
सो अवसरमा वक्ताहरूले रामचन्द्र रेग्मी, अनिल कुमार ज्ञवाली, गणेश प्रसाद बेल्बासे, राजेश महतो, अर्जुन गिरी लगायतले नवनिर्वाचित टिमलाई शुभकामना दिँदै आगामी दिनमा संगठनको समुन्नतिका लागि सहकार्य र एकतामा एकजुट हुनुपर्नेमा जोड दिए। साथै, चेम्बर अफ कमर्स र होटल व्यवसायी संगठनले आपसी सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
संगठनका महासचिव सुनिल घिमिरेको संचालनमा भएको कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले कार्यक्रमको समापन गरेका थिए ।