Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा भन्सारमा चेकजाँच प्रक्रिया झन्झटिलो र समय लाग्ने भएको भन्दै व्यवसायीको असन्तुष्टि


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०८२ मंगलवार
  • 324
    SHARES

भैरहवा भन्सारमा चेकजाँच प्रक्रिया झन्झटिलो र समय लाग्ने भएको भन्दै व्यवसायीको असन्तुष्टि

भैरहवा, १७ भदौ — भैरहवा भन्सार कार्यालयमा चेकजाँच प्रक्रिया झन्झटिलो र समय लाग्ने भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीद्वारा आयोजित कार्यक्रममा व्यवसायीले भन्सार प्रक्रियालाई सरल, पारदर्शी र छरितो बनाउन आग्रह गरे ।
कार्यक्रममा सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले भैरहवा नाका नेपाल–भारतबीचको मुख्य व्यापारिक मार्ग भएको बताए । तर, पार्किङ, गोदाम, दक्ष जनशक्ति र प्रविधिको अभावले समस्या बढेको बताए । साथै, भन्सार र सुरक्षासम्बन्धी निकायबीच सहकार्यको कमीसमेत उनले औंल्याए ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भन्सार मूल्यांकन दर अत्यधिक रहेको र यसले व्यवसायीलाई मार परेको बताए । सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिनुपर्ने र वैध सामान भन्सार गेटबाटै ल्याउन व्यवस्था मिलाउनुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा भन्सार प्रमुख शिवलाल न्यौपानेले एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) निर्माण छ महिनाभित्र सम्पन्न हुने जानकारी दिए । यसपछि पार्किङ र गोदामको समस्या हल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार