Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अर्घाखाँचीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्यागरी भान्साकोठामा पुरेको अवस्थामा फेला


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०८२ मंगलवार
  • 288
    SHARES

अर्घाखाँचीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्यागरी भान्साकोठामा पुरेको अवस्थामा फेला

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमान्द्वारा श्रीमतीको हत्या गरी गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्युठानको नौबहिनी गाउँपालिका स्थायी वतन भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ।

चार/पाँच दिनदेखि सुमित्रालाई नदेखेपछि छरछिमेक र माइती पक्षले खोजतलासका लागि प्रहरी चौकी बल्कोटमा जानकारी गराएका थिए। अनुसन्धानका क्रममा प्रहरीले २०८२ भदौ १६ गते राति सुमित्राको शव आफ्नै घरको भान्साकोठामा खाडल खनी गाडिएको अवस्थामा फेला पारेको हो।Screenshot (77).png

प्रहरीका अनुसार, भदौ १२ गते राति करिब १२ बजे श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा किरण गुरुङले बाँसको लाठी र हँसियाको पछाडिको भागले सुमित्रालाई शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए। हत्यापश्चात उनले शवलाई कम्बलमा पोको पारी भान्साकोठामा गाडेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका किरण गुरुङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् डिएसपी चक्र बहादुर मल्लाका अनुसार, घटनाको समयमा किरण गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको छ।

यो किरण र सुमित्रा दुवैको दोस्रो विवाह थियो र उनीहरूको ९ वर्षकी एउटी छोरी छिन्। किरणकी पूर्वपत्नीबाट २ छोरी र सुमित्राका पूर्व श्रीमानबाट ३ छोरी रहेको पनि अनुसन्धानबाट खुल्न आएको छ।


लुम्बिनी चिन्तन

थप समाचार