काठमाडौं, भाद्र १९ । सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाललाई नेपालमा अनिवार्य दर्ता हुन सात दिने सूचना दिएको थियो, जसको म्याद आज राति १२ बजे सकिँदैछ। सरकारले दर्ता नगरेमा ती प्लेटफर्महरू बन्द गर्ने चेतावनी दिएको छ।
हालसम्म कुनै पनि संस्था दर्ताका लागि नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। यदि समयमै इमेलमार्फत जानकारी दिइएन भने सरकारले बन्दको प्रक्रिया अघि बढाउनेछ।
यसअघि सरकारले टेलिग्राम निष्क्रिय गरिसकेको छ भने टिकटक दर्तापछि पुनः सञ्चालनमा आएको थियो।
साथै, सर्वोच्च अदालतले पनि इजाजत नलिएका सामाजिक सञ्जाल र ओटीटी एपहरू बन्द गर्न सरकारलाई बाटो खुला गरिदिएको छ। पाँच वर्षअगाडि दायर दुई रिटको निर्णय गर्दै अदालतले अनधिकृत विज्ञापनसहितका सामग्रीमाथि रोक लगाउन आदेश दिएको हो।