Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

खजहना आधारभुत विद्यालय भवनकाे शिलान्यास


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०७८ बिहिवार
  • 2.8K
    SHARES

खजहना आधारभुत विद्यालय भवनकाे शिलान्यास

भैरहवा।  सिद्धार्थनगर नगरपालिका ३ स्थित खजहना आधारभुत विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । बिहीबार २ तल्ले ६ कोठे भवनको नेकपा एमालेका नेता तथा क्षेत्र नम्बर ३ का ससाद घनश्याम भुसाालले शिलान्यास  गरे ।
 २०३० सालमा स्थापना भएकाे खजहना नि मा वि मा सासद भुसालको संसदीय विकास कार्यक्रम अन्तर्गतको २५ लाख अनुदान र सिद्धार्थनगर नगरपालिकाको बाकी लागतमा नया भवन निर्माण हुन लागेकाे हाे । यही आर्थिक वर्षको मसान्त भित्र सम्पन्न हुने लक्षयका साथ निर्माणकाे काम जारी रहेकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए ।174156394_4006793222706673_4369262043653767093_n.jpg

सिद्धार्थनगर वडा नम्बर ३ मा स्थित यस क्षेत्रको पुरानो मध्येको विद्यालयको भौतिक विकासका लागि ७७ लाख ७२ हजार ८४५.५५ रुपैयाको लागतमा बन्न लागेको सो भवनको निर्माणाकाे जिम्मा कोरल निर्माण प्रा.लि ले लिएको नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।
भवनको शिलान्यास गर्देै प्रमुख अतिथी घनश्याम भुसालले हामी प्रगति पथमा धेरै पछाडी रहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र सुशासन जस्ता महत्वपूर्ण क्षेत्र भएपनि तिमध्ये शिक्षाको सम्पूर्ण जिम्मा राज्यले लिनु पर्ने बताए ।

172283750_4006792946040034_6039458008422086427_n.jpgलोभ र डर त्रासबाट आफू कहिल्यै प्रभावित नहुने भन्दै उनले मन्त्री पद छोडेर हिडेको बताए । जनताले मलाइ मत दिएर पठाएकाे मन्त्री पदमा बस्न मेराे मनले मानेन र राजीनामा दिएर जनतमै अाएकाे बताए ।  आफू सतारुढ दलको भए पनि विकासमा अझै सरकार केन्द्रीत हुन नसकेको बताउदै संघीय, प्रादेशिक र स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने तर्फ सोच्ने र ध्यान दिने बताए । मेरो चासो मधेशीमुलका वस्तीहरुमा बढी चासो रहेकोले शिक्षा क्षेत्रबाट मात्रै उनीहरू विकास हुने भएकाेले यस हिसाबले यस क्षेत्रको शिक्षा क्षेत्रमा योग्दान गर्नु पर्ने अावश्यकता रहेकाे बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीको अध्यक्षता, उपमेयर उमा काफ्लेको स्वागत तथा वरिष्ठ अधिकृत देव ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री हकिकुल्लाह खान, लुम्बिनी प्रदेश क्षेत्र नं ३(क)का सांसद सन्तोष पाण्डे , वडा न ६का वडा अध्यक्ष  विरेन्द्र श्रविास्तव वडा न ३का वडा अध्यक्ष थानेस्वर पौडेल साहित्यकार तथा बुद्धिजिवी विजय गोविन्द श्रेष्ठ नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी लगायतले बोलेका थिए । 

यस्तै सासंद भुसालले एकद्वार प्रणाली अन्तरगत सिद्धार्थनगर नगरपालिकालाइ स्वास्थय सामाग्री प्रदान गरेका छन । उनले  सिद्धार्थनगर स्वास्थ्य शाखालाइर थर्मल गन, पिपिइ, मास्क लगायतका काेभिड सुरक्षा सामग्री प्रदान गरेका हुन । 172899636_1239719743097112_233995497224622001_n.jpg 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार