Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जनजेनरेशनको आन्दोलनः भैरहवामा सरकारविरुद्ध सडक तत्यो, कांग्रेस पार्टी कार्यालयमा तोडफोड


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८२ सोमवार
  • 194
    SHARES

जनजेनरेशनको आन्दोलनः भैरहवामा सरकारविरुद्ध सडक तत्यो, कांग्रेस पार्टी कार्यालयमा तोडफोड

भैरहवा, भदौ २२। देशभर फैलिँदै गएको भ्रष्टाचार, बेरोजगारी र अपारदर्शी शासन व्यवस्थाको विरोधमा जनजेनरेशन (जेन–जी) आन्दोलनले आज भैरहवा झनै तताएको छ। सयौं युवाहरु सडकमै उत्रिएर आवाज बुलन्द पारर्दै भन्छन “अब धेरै भयो, इनफ इज इनफ!” – आन्दोलनकारी युवाहरुको एकमुखी नारा थियो। उनीहरुको मूल माग हो – प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन प्रणालीको अवलम्बन।
प्रदर्शनको सुरु जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको अगाडि गरिएको थियो। युवाहरुले शान्तिपूर्ण तर तीव्र आवाजमा सरकारको आलोचना गरे।

प्रशासनसँग कुनै औपचारिक वार्ता नभएपछि प्रदर्शनकारीको भीड नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयतर्फ अग्रसर भयो।त्यही क्रममा भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनकारीहरुले तोडफोड समेत गरेका हुन । स्थानीय स्रोतका अनुसार कार्यालयको प्रदर्शनकारीहरुले ढुङ्गामुढा, झ्याल तथा गाडी तोडफोड र अन्य संरचनामा क्षति गरेका हुन ।


आन्दोलनकारीहरुले भने, “हामीले तिरेको कर कहाँ जान्छ भन्ने कुरा थाहा पाउनु हाम्रो अधिकार हो। अब बैंकिङ प्रणाली पारदर्शी हुनुपर्छ, र सबै खर्चको सार्वजनिक इभालुएसन आवश्यक छ।”

रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, पारदर्शी शासन र युवालाई अवसर दिने नीतिगत सुधार उनीहरुको प्रमुख माग हुन्। 
“हामी श्रीलंका वा बंगलादेश जस्तै परिदृश्य नेपालमा नआओस् भन्ने चाहन्छौं। तर यदि सरकारले बल प्रयोग ग¥यो भने त्यसको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ।”

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने र आवाज थुन्ने प्रयास गरिरहेको भन्दै आन्दोलनकारीहरुले तीव्र आपत्ति जनाएका छन्।
“सञ्चारमाध्यम र सामाजिक सञ्जाल नियन्त्रण गर्नु लोकतन्त्रमाथिको घात हो,” उनीहरुको भनाइ छ।

“गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ – देशको मुहान फेर्न उठ,” भन्ने नारासँगै युवाहरु सशक्त बनेका छन्।
“जबसम्म प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुँदैन, जबसम्म कर प्रणाली पारदर्शी हुँदैन, जबसम्म सरकार युवालाई अवसर दिन तयार हुँदैन – तबसम्म यो आन्दोलन रोकिने छैन।”


लुम्बिनी चिन्तन

थप समाचार