Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८२ मंगलवार
  • 130
    SHARES

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

भैरहवा, २४ भाद्र । रुपन्देही जिल्लाभर अनिश्चितकालीन  निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार (आज) बिहान सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।

जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गर्दै रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आज बिहान साढे ९ बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । 

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।w_XJSF8RwUYp_c8igbu88hyr6sn4djrnlvcwgndbgzbdr2jy8lysg1fgosbj3mrdeozxn1rd5.jpg


लुम्बिनी चिन्तन

थप समाचार