Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेलगत्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द, भैरहवा विमानस्थल अगाडी जेन–जि हरुको प्रदर्शन उग्र


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८२ मंगलवार
  • 198
    SHARES

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेलगत्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द, भैरहवा विमानस्थल अगाडी जेन–जि हरुको प्रदर्शन उग्र

भैरहवा, २४ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सोमबार विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको विज्ञप्तिमा २४ गतेदेखि हुने सम्पूर्ण उडान तथा अवतरणहरू स्थगित गरिएको उल्लेख गरिएको छ।
यसैबीच, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेन–जि पुस्ताका युवाहरुले विरोध प्रदर्शन गरेका छन्। सरकारद्वारा प्रदर्शन नियन्त्रण गर्न गरिएको बलप्रयोगमा १९ जनाको ज्यान गएपछि आन्दोलन झन् चर्किएका हो।आन्दोलनले विमानस्थलको सुरक्षामा थप चुनौती थपिएको सुरक्षा स्रोतहरूले जनाएका छन्। 


लुम्बिनी चिन्तन

थप समाचार