काठमाडौं, २४ भाद्र । प्रदर्शनकारीले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर आगो लगाइदिएका छन् । जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।उननीहरू गेटभित्र रहेको बगैचासम्म पुगेका थिए। सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूह भित्र पसेको थियो। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् ।