Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देशभर निषेधाज्ञा र कफ्र्यु लागू, नेपाली सेनाको संयमित रहन आग्रह


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८२ बुधवार
  • 204
    SHARES

देशभर निषेधाज्ञा र कफ्र्यु लागू, नेपाली सेनाको संयमित रहन आग्रह

काठमाडौं, २५ भाद्र । देशमा हाल उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै शान्ति–सुरक्षा कायम गर्न सरकारले देशभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमित र जिम्मेवार हुन अनुरोध गरिएको छ।

सेनाका अनुसार, आज भाद्र २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म देशभर कफ्र्यु लागु हुनेछ। परिस्थितिको मूल्यांकन गर्दै थप निर्णय सार्वजनिक गरिने जानकारी सेनाले दिएको छ।

नेपाली सेनाले आन्दोलनको आडमा केही व्यक्तिहरूले हिंसा, तोडफोड, लुटपाट, आगजनी तथा बलात्कार जस्ता गम्भीर आपराधिक गतिविधि गर्न सक्ने सम्भावनालाई संकेत गर्दै यस्तो अवस्था रोक्न कडा कदम चालिएको स्पष्ट पारेको छ।

निषेधाज्ञा तथा कफ्र्युका समयमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरूलाई भने आवतजावतको छुट दिइएको छ। अत्यावश्यक अवस्थामा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले नागरिकलाई सुझाव दिएको छ।

सेनाले आन्दोलनको नाममा गरिने कुनै पनि आपराधिक कार्यलाई दण्डनीय मानिने र संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, अफवाहहरूमा नलाग्न र केवल आधिकारिक सूचनामा विश्वास गर्न नागरिकलाई आग्रह गरिएको छ।

सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनजीवन सामान्य बनाउन सबैले आ–आफ्नो दायित्व निभाउनुपर्नेमा सेनाले जोड दिएको छ। सेनाले जनताको सुरक्षामा सधैं प्रतिबद्ध रहने प्रतिवद्धता पनि दोहोर्याएको छ।


लुम्बिनी चिन्तन

थप समाचार