Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेनजी आन्दोलनले सर्वोच्चको कामकाज ठप्प, सम्पूर्ण पेसी स्थगित


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८२ बुधवार
  • 172
    SHARES

जेनजी आन्दोलनले सर्वोच्चको कामकाज ठप्प, सम्पूर्ण पेसी स्थगित

काठमाडौं, २५ भाद्र । 

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत भवनमा आगजनी भएपछि अदालतको सम्पूर्ण कामकाज अस्थायी रूपमा बन्द गरिएको छ। अदालत प्रशासनले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै मुद्दाका पेसीहरू स्थगित गरिएको जानकारी दिएको छ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “आगजनीका कारण अदालतको सर्भर, मिसिल, इजलास लगायतका संरचना पूर्णरूपमा जलेर नष्ट भएका छन्। जसका कारण आजका लागि तोकिएका सबै पेसीहरू र भोलिदेखि तोकिएका मुद्दाहरूको सुनुवाइ अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ।“

सर्वोच्च अदालतले यो घटनाबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ।sar_x88olxmj4a_Lu486Eqt5y.jpg


लुम्बिनी चिन्तन

थप समाचार