Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामाजिक सञ्जाल र वेबसाइटमार्फत सेवासम्बन्धी सूचना दिन राष्ट्र बैंकको आग्रह


  • लुम्बिनी चिन्तन
  • भाद्र २६, २०८२ बिहिवार
  • 276
    SHARES

सामाजिक सञ्जाल र वेबसाइटमार्फत सेवासम्बन्धी सूचना दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं, २६ भदौ – नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित कार्य गर्ने सम्पूर्ण संस्थाहरुलाई व्यवसायिक निरन्तरताको योजना (Business Continuity) सुदृढ बनाउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै नेपाल सरकारको रक्षा मन्त्रालय, नेपाली सेनाको सिफारिसमा मिति २०८२÷०५÷२५ मा प्रकाशित विज्ञप्ति नं. १६ अनुसार, अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्न वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली (Critical System) को सुरक्षाका लागि पूर्व तयारी गर्नुपर्ने जनाएको छ।

सूचनामा भनिएको छ, “अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवाहरु नियमित रूपमा सञ्चालन गर्न तथा अन्य प्रणालीमा कुनै जोखिम उत्पन्न नहोस् भन्ने आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन आवश्यक छ।“

साथै, राष्ट्र बैंकले सम्पूर्ण संस्थाहरूलाई आफ्ना शाखा, एटीएम तथा उपलब्ध सेवासम्बन्धी सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गर्न पनि अनुरोध गरेको छ। यस्तो सूचनाले ग्राहकहरुलाई आवश्यक जानकारी प्राप्त गर्न मद्दत पुग्ने बताइएको छ।

नेपाल राष्ट्र बैंकको यो निर्देशनले वित्तीय प्रणालीको सुरक्षा र स्थायित्वमा टेवा पुग्ने विश्वास लिइएको छ।


लुम्बिनी चिन्तन

थप समाचार