Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा जेन्जी आन्दोलनकारीका नाममा घुसपेठ प्रदर्शनकारीहरु द्धारा भाटभटेनी, बोधि रेडिसन र होटल मौरियामा तोडफोड र लुटपाट


  • लुम्बिनी चिन्तन
  • भाद्र २६, २०८२ बिहिवार
  • 180
    SHARES

भैरहवामा जेन्जी आन्दोलनकारीका नाममा घुसपेठ प्रदर्शनकारीहरु द्धारा  भाटभटेनी, बोधि रेडिसन र होटल मौरियामा तोडफोड र लुटपाट
भैरहवा, २६ भाद्र । भ्रष्टाचार र न्यायविहीनताविरुद्ध सुरु भएको जेन्जी पुस्ताको आन्दोलन एकाएक उग्र मोडमा पुगेको छ। भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अश्रुपात र बल प्रयोग गर्दा २२ जना बालबालिकाको मृत्यु भएपछि देशभर आक्रोश फैलिएको छ। त्यसको भोलिपल्ट, भदौ २४ गते, आन्दोलन झनै तीव्र र हिंसात्मक बनेको हो।
 
प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शनको सीमा नाघ्दै सरकारविरुद्धको नाराबाजीमात्र होइन, तोडफोड, आगजनी र लुटपाटमा समेत उत्रिएका छन्। सरकारी कार्यालयदेखि निजी व्यवसायसम्म आक्रमणको निशाना बनेका छन
 
भैरहवामा रहेको भाटभटेनी सुपरमार्केट आन्दोलनकारीहरूको आक्रमणको मुख्य केन्द्र बन्यो। राति करिब ९:३० बजे, जेन्जी आन्दोलनकारीको झुण्डले सुपरमार्केटको सिसा फुटाएर पसलभित्र प्रवेश गरे। उनीहरूले त्यहाँ राखिएका महँगा सामग्रीहरू चोरी गर्नुका साथै सम्पत्तिमा ठूलो क्षति पुर्याएका छन्।
 
 यो केवल जनआन्दोलन नभई, योजनाबद्ध रूपमा चोरी र लुटपाट गर्ने उद्देश्यले गरिएको हो। साथै, घटनामा जेन्सी पुस्ताका समूहहरूले पनि घुसपैठ गरी उपद्रव फैलाएको प्रमाण भेटिएको छ।
 
 
 
व्यवसायिक क्षेत्रमा अर्को ठूलो क्षति बोधि रेडिसन होटलमा पुगेको छ। आन्दोलनकारीहरू होटलमा प्रवेश गरी सिसिटिभी क्यामेरा, कम्प्युटर डिभाइसहरू चोरेका छन्। साथै, त्यहाँ रहेका महत्वपूर्ण दस्तावेजहरू जलाएर नष्ट गरिएको छ।
 
होटलका प्रबन्ध निर्देशकका अनुसार, "यो केवल आन्दोलन मात्र थिएन, यस्का पछाडि केही समूहहरूको योजनाबद्ध बदला र व्यक्तिगत रिसिभि देखिन्छ। आन्दोलनको आडमा ठूला आपराधिक कार्यहरू भएका छन्।"
 
 
भैरहवाकै अर्को प्रतिष्ठित होटल होटल मौरिया पनि आन्दोलनकारीहरूको आक्रोशबाट बच्न सकेन। साँझ करिब साढे ७ बजे, आन्दोलनकारीहरूको समूहले होटलको मुख्य गेट, सिसा, रेस्टुरेन्टका सामग्रीहरू तोडे।
 
त्यसपछि उनीहरूले होटल पछाडि रहेको क्यासिनोमा प्रवेश गरेर नगद चोरी गरे, ल्यापटप, मोबाइल र सिसिटिभी उपकरणहरू समेत लुटे। होटलका जनरल म्यानेजरले "लाखौंको क्षति" भएको पुष्टि गरेका छन्।
 
 
जेन्जी पुस्ताद्वारा सुरु गरिएको आन्दोलनको प्रारम्भिक उद्देश्य न्यायको माग थियो। तर पछिल्ला घटनाक्रमले आन्दोलनको स्वरूप पूर्णतः अपराधिक गतिविधिमा परिणत भएको देखिन्छ।
 
तोडफोड, आगजनी, चोरी र व्यवसायिक क्षेत्रमाथिको लक्षित आक्रमणले आन्दोलनको नैतिकता र वैधता दुबैमा प्रश्नचिन्ह खडा गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार