Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा सामान्य जनजीवन फर्किंदै, कफ्र्यु आदेश हटाइयो


  • लुम्बिनी चिन्तन
  • भाद्र २७, २०८२ शुक्रवार
  • 260
    SHARES

रुपन्देहीमा सामान्य जनजीवन फर्किंदै, कफ्र्यु आदेश हटाइयो

भैरहवा, २७ भाद्र । रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिरता अन्ततः सामान्य अवस्थामा फर्किन थालेको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहानसम्म लागू गरिएको कफ्र्यु र निषेधाज्ञा हटाएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको हो।
जिल्लामा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सुरक्षालाई कडा बनाएको थियो। अहिले अवस्था पूर्ण रूपमा शान्तिपूर्ण बनेको जनाउँदै प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले कफ्र्यु हटाइएको जानकारी दिए।
उनका अनुसार बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। उनले अवस्था फेरि जटिल भएमा पुनः आवश्यक कदम चालिने चेतावनी पनि दिएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार