Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेलहिया नाका सहज बन्दै , बजारमा चहलपहल सुरु जिल्ला प्रशासन कार्यालय रुपन्देहीले फेरी जारी गर्यौ रातीमा कफ्र्युर दिउसोमा निषेधाज्ञा


  • लुम्बिनी चिन्तन
  • भाद्र २७, २०८२ शुक्रवार
  • 282
    SHARES

बेलहिया नाका सहज बन्दै , बजारमा चहलपहल सुरु जिल्ला प्रशासन कार्यालय रुपन्देहीले फेरी जारी गर्यौ रातीमा कफ्र्युर दिउसोमा निषेधाज्ञा

भैरहवा, भदौ २७ । रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिनको समयमा निषेधाज्ञा र राती दश बजे देखी बिहान ६ बजे सम्म भने कप्यु कायमै गरेको छ । तर पनि नेपाल भारत सिमा नाका बाट अत्याबस्यक समानहरु आयात सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिनदेखि जारी राखेको कफ्र्यु तथा निषेधाज्ञा सुक्रवार दिनभर हटाएको थियो । तर सुक्रवार मध्यान्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिज्ञप्ती जारी गर्दै दिउसो निषेधाज्ञा र राती कफ्यु लाई कायम राखेको जनाएको छ ।
सुक्रवार बिहानै देखी बेलहीया नाका भएर ग्यास बोकेका गाडीहरु नेपाल भित्रीएका छन् । नेपाल भारत संचालनमा आएका पर्यटक बसपनि भित्रिएका छन् । बजार सामान्य बन्दै गएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाको जनजीवन सामान्य बन्दै जान लागेको बताए । 
लामो र छोटो दूरीका सवारीसाधनहरु पनि सञ्चालन हुन थालेका हुन् । भ्रष्टाचार र बेथितिकाविरुद्ध जेन जी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रण बाहिर गए संगै रुपन्देहीमा पनि दर्जनौ सरकारी कार्यालयहरुमा आगजनी तोडफोड भएका थिए । निजी सम्पतीहरुमा लुटपाट , तोडफोड र आगजनी भएका थिए ।
जनजिवन सामान्य बने संगै बजारमा सर्वसाधारणको चहल पहल बढेको सिद्धार्थनगर उधोग बाणीज्य संघका अध्यक्ष नेत्र आर्चायले बताए । भैरहवाको बजार ९० प्रतिशत खुलेको आर्चायले बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार