Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सरसफाई अभियानले आशा जगायो, ट्राफिक कार्यालय पुनः सामान्य अवस्थामा फर्कने संकेत


  • लुम्बिनी चिन्तन
  • भाद्र २८, २०८२ शनिवार
  • 226
    SHARES

सरसफाई अभियानले आशा जगायो, ट्राफिक कार्यालय पुनः सामान्य अवस्थामा फर्कने संकेत

भैरहवा, भदौ २८।
हालैको आन्दोलनको क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही परिसरमा स्थानियले सरसफाई गरेको छ।
उल्लेखनीय संख्यामा स्थानियहरुको सहभागिता रहेको उक्त सरसफाई अभियानले ट्राफिक कार्यालय पुनः सामान्य अवस्थामा फर्कने आशा जगाएको छ
शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई बाह्य समूहले हिंसात्मक मोडमा लैजाँदा ट्राफिक कार्यालयमा आगजनी, तोडफोड र चोरी जस्ता घटनाहरू घटेका थिए। यस क्रममा राडार गन, कम्प्युटर, सिसी क्यामेरा, मोटरसाइकल, ब्याट्री लगायतका सामग्रीहरूमा क्षति पुगेको थियो भने प्रहरी ब्यारेकमा पूर्ण जलेर नष्ट भएको थियो।546498067_1377361351062404_2514090591983835197_n.jpg
तर, अन्धकारपछिको उज्यालोझैं, अहिले स्थानीय समुदायले देखाएको सक्रियता र सहकार्यले परिस्थिति सामान्यतातर्फ फर्कने आशा जगाएको छ।
यसैबीच, प्रहरीले चोरिएका मोटरसाइकलमध्ये ४ वटा फिर्ता ल्याइसकेको छ भने बाँकी १७ वटा खोजी कार्य जारी रहेको जनाएको छ। प्रारम्भिक मूल्यांकन अनुसार कार्यालयमा ६५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
अब भने, समुदायस्तरबाट सुरु भएको सकारात्मक पहलले तनावग्रस्त अवस्थालाई सहज बनाउँदै लैजाने संकेत देखिएको छ।547674150_1377360884395784_6308722644999428356_n.jpg546702289_1377361591062380_6329835254631271093_n.jpg546179270_1377360774395795_8805242257962267427_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार