Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सवारी चालक अनुमति पत्र छपाइ तथा वितरण अनिश्चितकालका लागि रोकियो


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०८२ आइतवार
  • 282
    SHARES

सवारी चालक अनुमति पत्र छपाइ तथा वितरण अनिश्चितकालका लागि रोकियो

काठमाडौं, २९ भाद्र । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ। आइतबार सार्वजनिक गरिएको सूचनामा विभागले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि लाइसेन्स छपाइ, वितरण र सूचना प्रविधिसँग सम्बन्धित सम्पूर्ण प्रणाली बन्द रहने स्पष्ट पारेको छ।

विभागका अनुसार हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण छपाइ मेशिन, सर्भर र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा गम्भीर क्षति पुगेको छ। त्यसकै कारण सेवामा पूर्ण अवरोध आएको विभागले जनाएको छ।

सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा विषम परिस्थितिका कारण अवरुद्ध भएको हुँदा अर्को सूचना नआएसम्म सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेछ।“

यसबीच सेवाग्राहीहरूलाई असुविधा भएकोमा विभागले क्षमायाचना गर्दै संयमित रहन आग्रह गरेको छ।Liecence-947x1024.jpg


लुम्बिनी चिन्तन

थप समाचार